महानगरको न्यायिक इजलास बुधबारबाट सुचारु हुने

आदर्श समाज सम्वाददाता
असार २, २०७७
manju-gurung-2

पोखरा २ असार । पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ ।

सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइन मार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको थियो भने इजलासबाट हुने न्यायिक सेवा स्थगित गरेको थियो ।

सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएपछि समितिको मंगलबार बसेको बैठकले आउदो बुधबारबाट इजलास सञ्चालन गदै सेवा प्रवाहलाई नियमित गर्ने निर्णय गरेको न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । लकडाउन खुकुलो भएको छ, न्यायिक समिति सदस्य किशोर बरालले भने, ‘आउदो बुधबारबाट इजलास बस्ने र न्यायिक निरुपणका कार्यलाई नियमित गर्ने निर्णय गरेका छौ ।’

लकडाउन र त्यसअघि परेका उजुरीका विषयलाई अगाडि बढाउने अर्का सदस्य पार्वती कार्कीले बताइन् । इजलास झण्डै तीन महिना बन्द हुदाँ न्याय सम्पादनमा केही कठिनाई भएकाले सहज बनाउन सेवा सञ्चालन गर्ने निर्णय गरिएको न्यायिक समितिका अभिलेख संरक्षक एवं कानूनी अधिकृत राममणि अधिकारीले बताए । अव पीडितहरु कार्यालयमै उपस्थित भएर लिखित र मौखिक रुपमा आफना समस्या राख्न सक्ने उनले बताए । कार्यालयमा उपस्थित हुदाँ कोरोना संक्रमण रोकथामका उपायहरुलाई पालना गर्नुपर्ने छ ।

स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था गरिएको छ । संविधानको व्यवस्था अनुसार महानगरका उपप्रमुख संयोजक र दुई जना सदस्य रहने व्यवस्था गरेको छ । न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटा विवादलाई मेलमिलापका माध्यमबाट समाधान गराउन पाउने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा छ ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width