सुशासनका लागि एक्लो प्रदर्शन

आदर्श समाज सम्वाददाता
असार २, २०७७
Shirish Gurung

पोखरा । कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको र एमसीसी खारेज गर्नुपर्ने लगायत विभिन्न विषयमा यतिखेर देशभर विरोध र प्रदर्शन भइरहेको छ ।

यसैबीच, पोखरामा सोमबार विरोध प्रदर्शन गरियो । तर सो प्रदर्शनमा समूह थिएन । मात्र एक्लै थिइन्–शिरिष गुरुङ ।

एक्लै व्यानर बोकेर उनी जिल्ला प्रशासन कार्यालय कास्कीअघि पुगिन् । ३ घण्टासम्म धर्ना दिइन् । दिउँसो २ बजे पुगेकी उनी ५ बजेमात्र फर्किइन् । केही साथीभाइ जम्मा गरी सामूहिकरुपमै भेला हुने इच्छा भए पनि सम्भव नभएपछि २ हातमा प्लेकार्ड बोकेर एक्लै पुगेकी हुन् । प्लेकार्डमा अंकित थियो–‘इन अफ इज इन अफ’ र ‘वेक अफ पोखरा’ । काठमाडौं पोखरा लगायत देशका विभिन्न ठाउँमा भइरहेको स्वतन्त्र विरोधबाट प्रभावित भएरै उनले पनि यो कदम चालेको स्पष्ट पारिन् ।

धर्ना दिने जानेक्रममा शहीदचोकमा उनलाई प्रहरीले सोधपुछ गर्‍यो । देख्ने अन्य सर्वसाधारणले भने समर्थन जनाए । तर उनको गुनासो चाहीँ खुलारुपमा ‘ठीकलाई ठीक र बेठीकलाई बेठीक’ खुलेरै भन्न नेपालीहरुले नसकेका हुन् कि भन्नेमा रहेछ । भन्छिन्, ‘मलाई एक्लै भएकोमा दुःख छैन । बरु अरु सामेल नभएकोमा छ ।’

कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको भन्दै उनले मानव स्वास्थ्यप्रति खेलवाड गर्न नहुने बताउँछिन् । पिसिआर टेष्ट नगरी आरटिडिमात्र गर्दा झन् समस्या बल्झिएकोले पिसिआर अनिवार्य गर्नुपर्ने उनको माग छ । सरकारले १० अर्ब खर्च गरेको भनेपनि जनतामा त्यसको प्रत्यक्ष प्रभाव नपरेको उनको तर्क छ ।

कुनै दलबाट प्रभावित नभएको स्पष्ट पार्दै उनले राष्ट्रका लागि केही समय सबैले दिन सके भविष्यमा यस्ता समस्या निराकरण हुने विश्वास गरिन् ।

झण्डै ३ महिनादेखिको लकडाउनमा उनी कास्कीकै घोरेपानीमा बसिन् । जेठ ३१ मा मात्र पोखरा आएकी हुन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस्तै बेथितिबारे विरोध प्रदर्शन भइरहेको देखेर आफू प्रेरित भएको उनले बताइन् । काठमाडौं जाने सोच भए पनि पोखराबाटै आवाज उठाउन भन्दै ‘वेक अफ पोखरा’ अंकित प्लेकार्ड बोकेर उनले खुलाइन् ।

स्वतन्त्ररुपमा आफ्नो आन्दोलनमा सहभागी हुन चाहनेलाई हातोमालो गर्नेे गुरुङको सोच छ । ‘नभए सरकारको राम्रा कामको प्रशंसा र नराम्रोको विरोध गर्छु, उनले अठोट व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width