पोखरा, २ असार । लकडाउनको मौका छोपेर मासु व्यवसायीले कुखुराको मासुमा हप्ताभित्र नै तीन पटक मुल्य वृद्धि गरेको सूचना प्राप्त भएसँगै नियमन कार्यालय र सम्बन्धित संस्थाका प्रतिनिधि सहभागी मासु मूल्य निर्धारण सिफारिस समिति गठन गरिएको छ ।
प्रदेश बजार अनुगमन समितिका सदस्य सचिव भरतमणि बरालको संयोजकत्वमा मासुको मूल्य निर्धारण सिफारिस समिति गठन गरिएको हो । सिफारिस समितिको सदस्यहरुमा जिल्ला पशु विज्ञ केन्द्र पोखराका प्रमुख डा. शोभा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल, उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजीवबहादुर कोइराला, अधिकृत प्रतिनिधि जिल्ला प्रशासन कार्यालय कास्की , मासु व्यवसायी समिति कास्कीका अध्यक्ष गोविन्द तिवारी, मासु सप्लायर्स संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेल, कुखुरा पालक किसान संघका अध्यक्ष यज्ञबहादुर गुरुङ रहेका छन् ।
उक्त सिफलारिस समितिले सोमबार नै मासुको मूल्य निर्धारण समितिलाई मासुको मूल्य समायोजन गर्न निर्देशन दिएसँगै बोइलर कुखुराको मासु प्रतिकेजी ४८० रुपैयाँबाट घटेर ४ सय रुपैयाँ मूल्य कायम गरिएको छ । उपभोक्ताले अब फ्रेस हाउसबाट बोइलर कुखुराको मासु प्रतिकेजी ४ सय रुपैयाँमा प्राप्त गर्ने छन् कुनै पनि व्यवसायीले स्पेशल र होल भनेर ४ सय भन्दा वढी लिन पाउने छैनन् ।
उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्ष कपिललनाथ कोइरालाले भने– किसानले जीउदो कुखुराको मूल्य प्रतिकेजी २४० रुपैयाँ प्राप्त गर्दा मासुको मूल्य ४ सय कायम भएको हो, किसानले प्राप्त गर्ने मूल्यको आधारमा कुखुराको मासु मूल्य निर्धारण हुन्छ । खसीको मासु भने आठ महिनादेखि प्रतिकेजी ११२० रुपैयाँ कायमै रहेकाले त्यसमा हेरफेर नभएको र व्यवसायीलाई धन्यवाद समेत दिइएको जानकारी अध्यक्ष कोइरालाले दिए ।
Related News
सम्बन्धित समाचार
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१