कालिका सहकारीको १२ प्रतिशत ब्याज मिनाहा

आदर्श समाज सम्वाददाता
असार २, २०७७
download

बागलुङ, २ असार । गण्डकी प्रदेशको सबैभन्दा पुरानो सहकारी कालिका सहकारी संस्था लिमिटेड बागलुङले लकडाउन अवधि ४ महिनाको ब्याज तिर्ने शेयर सदस्यलाई १२ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले आक्रान्त पारेर सबै क्षेत्रमा प्रभाव पारेको भन्दै सहकारीबाट ऋण लगेका ऋणीहरूलाई असार मसान्तसम्म ब्याज भुक्तानी गरेको खण्डमा चैत बैशाख जेठ र असार ४ महिनाको लाग्ने ब्याजमा १२ प्रतिशत छुट गर्ने निर्णय गरेको सहकारीका सचिव भुपाल चालिसेले बताए ।

सरकारले छरिएर रहेका सहकारी लाई एकीकरण गर्न भनेपछि केही महिनाअघि बागलुङको कालिका सहकारी ,हाम्रो धौलागिरि ,जनता संचार ,आदर्श नमूना बीच एकीकरण गरी कालिका सहकारी नामाकरण भई सहकारीको कारोवार गर्दै आएको छ । जिल्लामा रहेका अन्य सहकारी संगपनि छिट्टै एकीकरण गरेर ३ हजार शेयर सदस्य पु¥याउने कार्यक्रम संस्थाको रहेको सचिव चालिसेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width