Worldlink ads

५० युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असार २, २०७७
Blood Donation PIC

पोखरा, २ असार । पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।

सहकारीले मंगलबार परेको आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेयले सहकारीका सदस्यसमेत रहेका पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई व्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा आकस्मिक रक्तदान युनिटका ब्यबस्थापक हरिश्चन्द्र शर्माले रगतको महत्वबारे प्रष्ट्याएका थिए । सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेले कोरोनाका कारण रगतको अभाव हुनसक्ने देखेर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उनले वार्षिकोत्सव विशेष कार्यक्रम गर्न नसकिएपनि सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।कार्यक्रम संयोजक डा.छममाया पुनले रगतको विकल्प रगत नै भएको बताउँदै अस्पतालमा जीवन र मरणको दोसाँधमा रहेका विरामीका लागि दिइने रगत जीवनदान सरह हुने बताइन् ।

Related News

सम्बन्धित समाचार

    • राइजिङ र फुटसल फाइभ विजयी

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा । पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय लिगअन्तर्गत मंगलबार २ खेल भएका छन् । मंगलबार द राइजिङ क्लब र फुटसल…
    • लेउवा संघका पदाधिकारीको स्वागत

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा, १२ असोज । लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सुरताल इभेन्ट एन्ड मल्टीमिडिया प्रालिले स्वागत तथा बधाई ज्ञापन गरेको…
    • जन्मदिनमा मिर्गौलापीडितलाई आर्थिक सहयोग

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      लेखनाथ, १२ असोज । लायन्स क्लब अफ वेगनास तालनगरीका पूर्व अध्यक्ष एवं लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि १ नेपालका…
    • मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त : अध्यक्ष ओली

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      काठमाडौं, १२ असोज ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन…
    • यस वर्ष मौसम ढिला बाहिरिने

      रासस असाेज १२, २०७८
      काठमाडौं । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads