काठमाडौँ, २ असार । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए। उहाँका नुसार उक्त प्रणालीको प्रभाव आज देशको पूर्वी तथा मध्य भूभागसम्म पर्नेछ । भोलिबाट पश्चिमी भूभागमा पनि यसको असर रहने बताइएको छ।
हाल प्रदेश नं ५ का केही भूभाग गण्डकी प्रदेश, वाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । भारी वर्षाबाट ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
बिहीबार प्रदेश १, प्रदेश २ , वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ३.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६३.८, दिपालयमा २३.६, विरेन्द्रनगरमा ११.७, नेपालगञ्जमा ८.३ र धनकुटामा ४.९ मिलिमिटर वर्षा भएको छ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
लुम्लेमा असिनाले क्षति
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
देशभर चिसो बढ्दै
हल्का वर्षाको सम्भावना
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१