Worldlink ads

दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि   

रासस
असार २, २०७७
milk

गलकोट, २ असार । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ।

सङ्घले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी सङ्घका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए। वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीको भनाइ छ । विसं २०७२ चैत १ गतेपछि दूधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै मूल्यवृद्धि गरिएको हो।

यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर रु १००, दही प्रतिलिटर रु १२०, पनिर रु ८००, घ्यू प्रतिकेजी रु एक हजार ३००, खुवा प्रतिकेजी रु एक हजार २००, छुर्पी रु एक हजार, लस्सी २०० मिलीलिटर रु ५०, आइक्रिम प्रतिकोन रु ४० र नौनी रु एक हजार कायम गरिएको छ।

“लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो”, अध्यक्ष क्षेत्रीले भन्नुभयो, “किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि भएको हो ।” दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरेको दुग्ध व्यवसायी सङ्घका सचिव मुक्तिराम आचार्यले जानकारी दिए। एकैपटक दूध प्रतिलिटर रु २० मूल्यवृद्धि गर्दा समस्या हुने उपभोक्ताले गुनासो गरेका छन्।

Related News

सम्बन्धित समाचार

    • बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads