एकै दिन ४५१ संक्रमित, मृत्यु संख्या १९ पुग्यो

एजेन्सी
असार १, २०७७
corona_1

काठमाण्डौ, १ असार । नेपालमा एकै दिन अहिलेसम्मकै धेरै ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिए। २४ घण्टामा थपिएको यो संख्या हालसम्मकै उच्च हो।

हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ हजार ४१ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width