पर्वतमा पहिरोबाट भएको जनधनको क्षतिप्रति प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

आदर्श समाज सम्वाददाता
असार १, २०७७
am……

पोखरा, १ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शनिबार राति पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङ, ढकालबारीमा गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले पहिरोमा परी भएको जनधनको क्षतिको खबरले आफूलाई स्तब्ध तुल्याएको उल्लेख गरे । साथै, उद्दार कार्यमा खटिने प्रशासनिक निकाय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त समेत गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बेपत्ताको तत्काल उद्दार, राहत तथा पुनस्र्थापना एवं जोखिममा परेका बस्तीको संरक्षणमा आवश्यक प्रबन्ध मिलाउन सरकार र सम्बद्ध पक्षलाई आग्रह समेत गरेका छन् । उनले ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवाजनमा समवेदना प्रकट गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width