एथ्लेटिको मड्रिड महिला टिमकी भर्जिनिया टोरिसिल्लाको प्रतिक्रिया, ‘यु आर अमेजिङ’

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Diago Costa, Athletico Madrid

पोखरा । कोरोना संक्रमणका कारण लकडाउनपछि सुचारु स्पेनिस ला लिगामा एउटा रोमाञ्चकता थपिएको छ ।

ला लिगा अन्तर्गत एथ्लेटिको बिलबाओ र एथ्लेटिको मड्रिडबीचको खेलको क्रममा एथ्लेटिको मड्रिडको तर्फबाट गोल फर्काउँदै डिएगो कोस्टाले खेलमा थप रौनकता थपेका थिए । कोस्टाको गोल सेलिब्रेसन एथ्लेटिको मड्रिडकै महिला टिमकी खेलाडी भर्जिनियाप्रति समर्पित थियो ।

स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा जब एथ्लेटिको बिलबाओमाथि एथ्लेटिको मड्रिडका लागि डिएगो कोस्टाले गोल गर्दै उक्त गोल सोही क्लबको महिला टिमकी भर्जिनिया टोरिसिल्लालाई समर्पित गरे ।

बिलबाओमाथि गोल फर्काउँदै भर्जिनियाले लगाउने गरेकी जर्सी नं १४ शो गर्दै ब्रेन ट्युमर भएकी भर्जिनियाप्रति कोस्टाले समर्पण गरे । त्यसको जवाफमा भर्जिनियाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा कोस्टाको उक्त गोल सेलिब्रेसनको तस्बीर पोस्ट गर्दै स्पेनिस भाषामा लेखेकी छन्, ‘मंसँग शब्दहरु छैनन, यु आर अमेजिङ ।’

भर्जिनियाको मे महिनामा ब्रेन ट्युमरको सफल अपरेसन भएको थियो ।

उक्त खेलमा एथ्लेटिको बिल्बाओ र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । सन रामेस स्टेडियममा भएको खेलमा घरेलु टोली बिल्बाओलाई इकर मुनियनले अग्रता दिलाएका थिए । उनले खेलको ३७ औं मिनेटमा अग्रता बनाएका थिए । तर, त्यसको ३ मिनेट भित्रै एथलेटिको मड्रिडका लागि डिएगो कोस्टाले गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

बराबरीमा रोकिएसँगै एथलेटिको मड्रिड ला लिगा लिगको छैटौं स्थानमा छ । एथलेटिको बिल्बाओ क्लब भने लिगको १० औं स्थानमा छ ।

Related News

सम्बन्धित समाचार

  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…
  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।…
  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…
  • एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    लमजुङ । मस्र्याङ्दी गाउँपालिका–६ मा आयोजित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब, ठूलीबेंसीले जितेको छ । फाइनलमा पुगेका…
  • माछापुच्छ्रेमा वडास्तरीय भलिबल

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९, सिधिङमा साविक वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबको…

hero news full width