डा. सिग्देललाई पितृशोक

Avatar आदर्श समाज सम्वाददाता
असार १, २०७७

पोखरा ।वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. बृहस्पति सिग्देललाई पितृशोक परेको छ ।

उनका पिता बद्री सिग्देलको ६७ वर्षको उमेरमा आइतबार राति १२ः५५ मा हृदयघातका कारण गण्डकी मेडिकल कलेज, नयाँबजारमा निधन भएको हो।

स्वर्गीय सिग्देलको आइतबार बिहान सेती किनार रामघाटमा अन्येष्टि गरियो । उनका श्रीमती, ३ छोरा, १ छोरी र नातिनातिना छन् । सिग्देल परिवार हाल पोखरा १५, नयाँगाउँमा बस्दै आएको छ ।

स्व. सिग्देलका जेठा छोरा सहप्राध्यापक डा. बृहस्पति सिग्देल गण्डकी मेडिकल कलेजमाका एमबीबीएस क्लीनिकल प्रोग्रामका को–अर्डिनेटर र नाक कान घाँटी विभाग प्रमुख छन् । उनी मेट्रसिटी हस्पिटलमा समेत नाक, कान घाटी सर्जनका रुपमा कार्यरत छन् ।

यस्तै, माहिला छोरा औषधि व्यवसायी छन् भने कान्छा क्यानाडा छन् ।