तनहुँ सम्पर्क समाजको सहयोग

आदर्श समाज सम्वाददाता
असार १, २०७७
shree ram

पोखरा । तनहुँ सम्पर्क समाज पोखरा एवं मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.का सदस्य कमलबहादुर रानाको उपचार सहयोगार्थ सहयोग गरिएको छ ।

समाज र सहकारीबाट संस्थागत एवम् व्यक्तिगतरुपमा गरी ३४ हजार ६० रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। मधुमेह रोगबाट पीडित उनका हाल दुवै आँखाको ज्योति गुमेको छ ।

विषम परिस्थितिमा दैनिक गुजारा चलाउनसमेत असहज भएकोले मानवीय सहयोगस्वरुप व्यक्तिगत संकलनसहित संस्थागतरुपमा सहयोग गरिएको समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले बताए।

सो सहयोगप्रति रानाले आभार प्रकट गरे । उनले सबैको सहयोगबाट हालसम्म उपचारमा सजिलो भएको र आँखाको ज्योति फर्किनेमा आशावादी रहेको बताए ।

तनहुँ सम्पर्क समाज र सहकारीले दैवी प्रकोप तथा विभिन्न समस्यामा पीडित सदस्यलाई विगतदेखि नै सहयोग गर्दैआएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width