स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
असार १, २०७७
nelambo nepal

पोखरा, १ असार । नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले यसको संक्रमण, रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउनका लागि चिकित्सा सामाग्रीहरु प्रदान गरेको हो ।

अन्नपूर्ण गाउँपालिकालाई पि.पि.ई सेट, थर्मल गन, स्यानिटाईजर, एन नाइन फाइव मास्क, गल्वस, हात धुने साबुन सहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरेको हो। उत्तः संस्थाले गाउँपालिकाका अध्यक्ष युवराज कुवँर, उपाध्यक्ष सगुन गुरुङलाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले त्यस्तो सामाग्री प्रदान गरेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width