तनहुँमा ट्रक खस्दा १ को मृत्यु

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Accident

तनहुँ, १ असार । पृथ्वीराजमार्ग अन्तरगत तनहुँ जिल्लाको आँबुखैरेनी गाँउपालिका–२ ऐना पहरामा सोमबार विहान पृथ्वी राजमार्गबाट सिमेन्ट बोकेको ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।

ना ६ प ६६५ नम्बरको ट्रक खस्दा चालक सल्यान जिल्ला घर भएका ३२ वर्षीय विष्णु परियारको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । सोही ट्रकका सहचालक सूर्यबहादुर बुडाथोकी सामान्य घाइते भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width