तनहुँ र नवलपुरमा ६ जनामा कोरोना, गण्डकीमा कुल संक्रमित २०५

विनिता सुनार
असार १, २०७७
Gandaki Map

पोखरा, १ असार । गण्डकी प्रदेशमा नयाँ ६ जना काेराेना संक्रमित फेला परेका छन् । उनीहरू सबै पुरूष हुन्।

तनहुँकाे घिसिङ गाउँपालिकामा ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेको हो । घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ४५,२२,२७,२७ र ४७ बर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएकाे हाे।

हाल उनीहरुलाई उपचारकाे लागि शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको छ।

यस्तै, नवलपरासी बर्दाघाट सुस्ता पूर्व बाैदिकालिका गाउँपालिकाका २० वर्षका पुरूषमा समेत काेराेना भेटिएकाे छ। उनी साेही ठाउँ क्वारेन्टाइन बस्दै आएका थिए । उनकाे उपचारकाे लागि रजहरकाे प्राकृतिक चिकित्सालयमा ल्याउने तयारी भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकीमा हालसम्म १ संक्रमितकाे मृत्यु भएकाेमा १६ निकाे भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width