अपडेट-पर्वत पहिरोमा ८ शव फेला, अझै १ बेपत्ता

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७७
durlung-pahiro-4

फाइल फोटो ।

पोखरा, ३२ जेठ ।  पर्वतको दुर्लुङमा गएराति गएको पहिरोमा परी ८ जनाले ज्यान गुमाएका छन् । १ जना बेपत्ता छन् । पहिरोमा पुरिएका अर्का एक जनाको उद्धारमा स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली निरन्तर खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सदरमुकाम कुस्मा नगरपालिका वडा ३, दुर्लुङमा शनिबार परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोमा स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पुरेको हो । पहिरोमा परी तुलबहादुरका ६ जना र कमलाको ३ जना परिवार सदस्य पुरिएका हुन् ।

जसमा ५८ वर्षीय तुलबहादुर थापासहित उनकी श्रीमती नीमकुमारी, ३० वर्षीया छोरी जिरापा थापा, नातिहरु वर्ष १७ का विवेक र वर्ष १५ का सम्राट तथा नातिनी वर्ष ८ की वीविसा थापाको शव फेला परेको छ । शनिबार राति नै तुलबहादुर, उनकी श्रीमती र नातिनीको शव भेटिएकोमा आइतबार अन्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डीएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

यस्तै, छिमेकी २६ वर्षीया कमला बिकसहित ८ वर्षीया छोरी प्रमिशाको शव फेला परेको छ । अझै बेपत्ता उनका १२ वर्षीय जेनिस बिकको खोजीकार्य जारी रहेको डीएसपी पोखरेलले जानकारी दिए । घटनास्थल पर्वत सदरमुकाम कुस्मादेखि उत्तरी दिशामा पर्छ । गाडी र पैदल यात्रासहित करिब १ घण्टामा पुग्न सकिन्छ । सो क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width