अपडेट-पहिरोमा पुरिएका ६ जनाको शव प्राप्त, ३ अझै बेपत्ता

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७७
durlung-pahiro-4

फाइल फोटो ।

पोखरा, ३२ जेठ । कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । तीन जना अझै बेपत्ता छन् । पहिरोमा नौजना पुरिएका थिए।

आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला परेको हो । शनिबार राति साढे ८ बजे गएको पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी पत्नी ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको शव भने शनिवार राति नै फेला परेको थियो ।

आइतबार बिहान ३२ वर्षीया कमला विक र ३० वर्षीया दीपा थापा, ५२ वर्षीय तुलबहादुर थापा र नाम नखुलेका एकजनाको शव फेला परेको प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेपत्ता रहेका अन्य तीनजनाको खोजी तीब्र पारिएको सुवेदीले बताए।

आइतबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबवासीले उद्धार सुरु गरेका छन्। शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको बनक्षेत्रबाट पहिरो आएको थियो। राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो। घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width