पाल्पाली समाजद्वारा मुख्य न्यायाधीश बस्यालको बिदाइ

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७७
d3

पोखरा, ३१ जेठ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको बिदाइ गरिएको छ ।

पाल्पाली समाज पोखराले समाजका सदस्यसमेत रहेका मुख्य न्यायाधीश बस्याललाई शनिबार शुभकामनासहित बिदाइ गरेको हो । २०३९ सालदेखि नेपालको न्यायीक क्षेत्रमा निरन्तर आवद्ध बस्याल पोखरामा मुख्य न्यायाधीशबाट निवृत्त हुन लागेका हुन् । उच्च अदालतमा १३ महिना बिताएका उनको कार्यकाल ६३ वर्ष उमेर हदका कारण आइतबार सकिँदैछ ।

बिदाइ समारोहमा मुख्य न्यायाधीश बस्यालले जागिरबाट अवकाश भएपनि सामाजिक जीवनमा मानिस अवकाश नहुने भन्दै पाल्पाली समाजको हितमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अख्तियारको मुद्दा हेर्ने हो भने पनि कुनै पनि पाल्पाली भ्रष्टाचार मुद्दामा नलागी इज्जत र सम्मानपूर्वक जीवन बाँचेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘पोखरा बसाइँक्रममा कुनै पनि पाल्पाली सदस्यहरु यस्तोखालको मुद्दा पर्‍यो भनी आएनन् ।’

अख्तियारको मुद्दा हेर्ने हो भने पनि कुनै पनि पाल्पाली भ्रष्टाचार मुद्दामा नलागी इज्जत र सम्मानपूर्वक जीवन बाँचेको भन्दै खुसी व्यक्त

मानिसको जीवनमा जग, जीवन र जागिर आफ्नो काबुमा नरहने उनको भनाइ छ । देशको परिस्थितिले न्याय परिषद्को बैठक नबस्दा आफू सर्वोच्चमा न्यायाधीशको निम्ति दोस्रो बरियतामा रहे पनि हुन नसकेको गुनासो गरे । सर्वोच्चमा न्यायाधीशको २ वटा रिक्त दरबन्दी छ । यद्यपि अहिलेसम्मको जागिरेजीवनमा निष्कलंक भएर निवृत्त हुन पाएकोमा आफू खुसी नै रहेको बताए ।

पाल्पा बराङ्दीका बस्यालले न्याय सेवा सुरु गर्नुअघि ४ वर्ष खाद्य संस्थानमा कार्यरत रहेको सुनाए । उनी २०४० सालमा लमजुङमै पहिलो सरकारी वकिल हुन् ।

कार्यक्रममा मुख्य न्यायाधीश बस्याललाई समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, सल्लाहकार जनपुकार मुनकर्मी, डा. हुमप्रसाद न्यौपानेलगायतले संयुक्तरुपमा टीका लगाउँदै पाल्पाली ढाकाटोपी, मायाको चिनो प्रदान गरेका थिए ।
समाजका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष रेशम रचकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width