स्याङ्जामा जीप दुर्घटना १ को मृत्यु ६ घाईते

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७७
pic neta accident

स्याङ्जा, ३१ जेठ । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका– ५ स्वरेक स्थित नेटामा शनिवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

भीरकोट नगरपालिकाको बयँरघारी बजारबाट स्वरेक हिडेको ग २ च २३७३ नम्बरको महेन्द्रा जीप दुर्घटना हुदाँ   भीरकाेट नगरपालिका ५ निवासी १६ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको हो । जीपमा सवार घाइते ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएकोे स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिमलराज कँडेलले जानकारी दिए ।

अर्यालको उपचारका क्रममा कालिका अस्पताल हेलुमा मृत्यु भएको हो । घाइते हुनेमा भीरकाेट ५ का शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुष्मा अर्याल रहेका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जीप सडकभन्दा २० मिटर तल खसेको थियो । जीप चालक प्रहरी नियन्त्रणमा छन् । उनीहरु सबै एकाघरका नातेदार रहेको बताइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width