गण्डकीमा नयाँ ५ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७७
Corona_2

पाेखरा, ३१ जेठ । गण्डकी प्रदेशमा नयाँ ५ काेराेना भाइरस संक्रमित थपिएका छन्। याेसँगै गण्डकीमा कुल संक्रमितकाे संख्या १ सय ९७ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै साे पुष्टि गरेकाे हाे । पर्बत कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ६ का १ जना बालक (पुरुष) र बर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ।

त्यसैगरी पर्बतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १७ का पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १६ का पुरुषमा समेत कोरोनाको संक्रमण देखिएको हाे।

साथै नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

पर्वतका संकमितलाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा र नवलपुरकालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width