Worldlink ads

पाँच रुपैयाँमा सर्जिकल माक्स

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७७
उउउउउउ

पोखरा, ३० जेठ । सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ ।

त्यसैगरी के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले जनाएको छ । समय र पैसाको बचत गराउँदै आफ्ना प्रयोगकर्तालाई रिचार्जरले सस्तो मूल्यमा कोभिड १९ का सुरक्षा उपकरणहरु उपलब्ध गराउन लागेको हो । जस अन्तर्गत पकेट स्यानिटाईजर १५० मा, इम्युनिटी बुस्टर डबल सी जुस सय रुपैयाँमा, पीपीई सेट ८५० रुपैयाँ र थर्मल गन २ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

बजारमा उल्लेखित मूल्यमा सामानहरु नपाइने भएकाले रिचार्जरले यस्तो अफर ल्याएको उनको भनाई छ । यसैगरी सेवाग्राहीले आफ्नो मोबाइलमा रिचारर्जर एप डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाउने छन् । यसरी प्राप्त हुने क्यास प्वाइन्ट रिडिम गरी सामान खरिद गर्दा २ देखि १० प्रतिशतसम्म छुट पाइने भने अफरको बेला शतप्रतिशत क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सामान किन्न सकिन्छ ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टको कम्बो प्याक समेत सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ । ७ हजार ९९९ देखि सुरु हुने कम्बो प्याकमा सर्जिकल मास्क सय थान, पन्जा सय, फेश सिल ५, थर्मलगन एक र ५ सय मिलिलिटरको स्यानिटाइजर ३ वटा उपलब्ध हुनेछन् ।जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० पनि प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

    • मुख्यमन्त्री – युएनडिपी आवासीय प्रतिनिधि भेट

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गण्डकीका…
    • चितुवाले खोरभित्रको २३ बाख्रा मार्‍यो

      रासस असाेज ११, २०७८
      बर्दिया । गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३…
    • म भन्छु–‘गो राइनोज गो’

      विनोद लामिछाने असाेज ११, २०७८
      नेपाली क्रिकेट प्रेमीहरुले लामो समयदेखि धैर्यताका साथ प्रतीक्षा गरिरहेको एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करण शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको…
    • एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव

      रासस असाेज ११, २०७८
      काठमाडौं । नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन…
    • आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

      रासस असाेज ११, २०७८
      काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads