पूर्वाधार निर्माणको सपना साकार पाछौंः नगरप्रमुख पौडेल

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७७
Ward Office Ba.Na.Pa. 9 (2) (1)

बागलुङ, ३० जेठ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागीतालाई साकार पार्न नगरपालिका लागि परेको बताएका छन् ।

बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको वडा कार्यालय भवनको सिलन्यास गर्दै नगरप्रमुख पौडेलले विकास निर्माणमा जनताको चासो र सहभागिता बढ्दै गएकाले त्यसलाई साकार पार्न नगरपालिका लागिपरेको बताएकी हुन् । वडा कार्यालयको भवन बनाउँनका लागि स्थानीय टिकाकुमारी खत्री, धनबहादुर शाही, भद्रकली खत्री र कोपीला सार्कीले निःशुल्क जग्गा उपलब्ध गराएर विकास निर्माणमा जनताको चासो र सहभागिता रहेको पुष्टि गरेकोभन्दै नगरप्रमुख पौडेलले गाउँको विकासका लागि चिन्तन गर्ने व्यक्तिहरुलाई समाजले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

नगरभित्रका पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको भन्दै नगरप्रमुख पौडेलले जनताको मागका आधारमा योजना बनाएर अगाडि बढिरहेको बताए । ठूला योजनाका लागि संघीय सरकार, मझौला योजनाका लागि प्रदेश सरकार र साना योजनाहरुका लागि बागलुङ नगरपालिकाले लगानी गरिरहेको पौडेलले बताए ।

आठ कोठे उक्त भवन निर्माणका लागि बागलुङ नगरपालिकाबाट १९ लाख रुपियाँ विनियोजन भएको र यसलाई सम्पन्न गर्न आवश्यक रकम उपलब्ध गराउने नगरप्रमुख पौडेलले प्रतिबद्धता जनाएका थिए । “यो नगरपालिकाकै गौरवको कुरा हो, हामीले यो वडा भवनलाई जसरीपनि सम्पन्न गर्ने गरी बजेटको व्यवस्थापन गछौ, स्थानीयले जुन साथ र सहयोग गरेका छन्, यो पुरा भएरै छाड्छ ।” पौडेलले भने ।

बागलुङ नगरपालिकाको १९ लाख रुपियाँ र स्थानीय जनताको चार लाख ६५ हजार रुपियाँ श्रमदानमा निर्माण सुरु गरिएको उक्त भवन सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा आवश्यक रकम विनियोजन हुने वडा अध्यक्ष गणेश थापा मगरले बताए । वडामा सबैलाइ पायक पर्ने ठाउँमा वडा कार्यालय स्थापना गर्ने योजना अनुसार लामो प्रयासपछि जग्गा प्राप्ति भएको र सोही अनुसार भवन निर्माण गर्न लागिएको थापाको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width