तनहुँमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७७
novel-coronavirus-where-to-find-information

तनहुँ, ३० जेठ । तनहुँमा कोरोना संक्रमितहरुको संख्या ४ पुगेको छ। जिल्लाको घिरिङगाँउपालिकाका १९ वर्षीय एक युवकलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

यसअघि जिल्लाको दक्षिणी बेल्ट ऋषिङ निवासी २८ वर्षीय एक पुरुषमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि गरिएको थियोे भने सोही गाँउपालिकाका थप दईजना ३९ वर्षीय पुरुष र ४० वर्षीय पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको थियोे ।

संक्रमित पुरुषलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित जीपी स्वासप्रस्वास केन्द्र बेलचौतराको आइसोलेशनकक्षमा उपचारका लागि लगिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width