पश्चिम नवलपरासीमा थप ८ जना कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७७
novel-coronavirus-where-to-find-information

नवलपसारी, ३० जेठ । पश्चिम नवलपरासीको प्रतापपुरमा एक, वर्दघाटमा एक एवं सुनवल नगरपालिकामा छ जना गरि पश्चिम नवलपरासीमा जम्मा आठ जना नयां कोरोना संक्रकित भेटिएका छन ।

वर्दघाट नगरपालिका वार्ड नम्बर १ निवासी ३२ वर्षीया महिला, प्रतापपुर गाउँपालिका वार्ड नम्बर ३ का ३४ वर्षीय पुरुष, सुनवल नगरपालिका वार्ड नम्बर १३ का २२ र २८ वर्षीय दुई पुरुष, वार्ड नम्बर १२ को ४९ वर्षीय पुरुष, वडा नम्बर ४ का ४७ वर्षीय पुरुष, वडा नम्बर ११ का २९ वर्षीय पुरुष एवं वार्ड नम्बर ९ निवासी २२ वर्षीय पुरुष गरी पश्चिम नवलपरासीमा जम्मा आठ जना नयां संक्रमित भेटिएको जिल्ला स्वाश्थ्य प्रमुख गौरव ढकालले बताएका छन ।

जिल्लामा देखिएका नयां संक्रमितहरु सबै जना भारतबाट केही समय पहिला आएर स्थानीय रुपमा क्वारेन्टाईनमा बसेका थिए । सुनवलमा भेटिएका नयाँ ६ जना संक्रमितहरुलाई सुनवल एक स्थित सिकाई केन्द्रको आइसोलेशनमा रारिएको छ भने अन्य वर्दघाट र प्रतापपुरका दुई जनालाई स्थानीय स्तर मै अलगै राखी प्रदेश मन्त्रालयले बनाएको आइसोलेशनमा लगिने तयारी गरिएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width