लकडाउन मोडालिटी : सरकारी कार्यालय अब २ सिफ्टमा

व्यक्तिहरुको पैदल आवागमनलाई खुला, मोटरसाइकलमा चालकमात्र

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७७
103635331_1612498235576368_6750298555453722237_n

सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय बिहान ८ देखि १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म चलाइने भएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय २ सिफ्टमा सञ्चालन हुने जानकारी दिए ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको बताए ।

सरकारले चैत ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द रहँदैआएका थिए ।

उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । सपिङ मल भने बन्द रहने छन् ।

यस्तै, सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । सपिङ मल भने बन्द रहने छन् ।

व्यक्तिहरुको पैदल आवागमनलाई खुला गरिएको छ । मास्क अनिवार्य लगाउनुपर्ने भीडभाड नगरीकन हिड्नुपर्ने सरकारको निर्णय छ ।

साइकल र मोटरसाइकल चल्ने दिने भनिए पनि मोटरसाइकलमा १ जनामात्र चढ्न पाइनेछन । जोरविजोर आधारमा निजी सवारी साधनमा चालक बाहेक अन्य २ जनामात्र चढ्न पाउनेछन् ।

जोरबिजोर प्रणाली काठमाडौं उपत्यका भित्र र अन्य जिल्लाको हकमा जिल्लाभित्रको लागि मात्र हो ।

निजी क्षेत्रबाट प्रवद्र्धित विकास आयोजनाहरु निर्वाध रुपमा संचालन हुनेछन् । विद्युत् अयोजना, निर्माण काई संचालन गर्न निर्माण सामग्री चाहिने हुने भएकोले नदी तथा खानीजन्य पदार्थको उत्खनन्, ढुवानी र बिक्री खुला गरिएको छ ।

क्वारेन्टाइनका लागि खोलिएका होटल बाहेक अन्य होटल खुला गर्न पाइने छैन

रेष्टुरेन्टबाट प्याकिङ तथा टेक अवे माध्यमबाट सेवा दिन सकिने छ । क्वारेन्टाइनका लागि खोलिएका होटल बाहेक अन्य होटल खुला गर्न पाइने छैन । सिनेमाहल, पार्टी प्यालेस, नाइट क्लब, डान्स बार बन्द गर्नुपर्नेछ ।

यो नियम २१ दिनसम्म कायम रहने छ । पछि अवस्था हेरी आवश्यक हेरफेर गर्न सकिने सरकारको निर्णय छ ।

खोल्न नपाइने क्षेत्रहरु :

  • शैक्षिक संस्था (स्कुल, कलेज, ट्युसन सेन्टर, शैक्षिक तालिम केन्द्र आदि)
  • अनुमतिबााहेकका आन्तरिक र अन्र्तर्राष्ट्रिय उडान
  • तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार
  • सबै प्रकारका प्रदर्शन, सभा, सम्मेलन
  • सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल
  • सार्वजनिक पुस्तकालय, संग्रालय, चिडिया खाना
  • स्पा, सैलुन र ब्युटी पार्लर
  • स्विमिङ पुल, जिम खानालगायतका हेल्थ क्लबहरु
  • सपिङ मलहरु
  • समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरु
  • सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु
  • यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटन सवारी साधनसमेत)
  • जोर–बिजोर गरेर चलाउने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन

Related News

सम्बन्धित समाचार

hero news full width