नवलपुरमा ७ वर्षीय बालिका बलात्कृत

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७७
crime

नवलपरासी, २९ जेठ । पूर्वी नवलपरासीको गैडाकोटमा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ७ बर्षीया बालिकालाई स्थानीय २९ वर्षीय युवकले बलात्कार गरेका हुन् ।बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाए पछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय बासिन्दाले बताएका छन् ।युवक अहिले इलाका प्रहरी कार्यालय गैडकोटको नियन्त्रणमा रहेको छ ।बालिकाको स्वास्थ्य परीक्षणको लागि पठाएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width