लकडाउन खुकुलो, जोरबिजोर आधारमा गाडी चल्ने

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
lo

सरकारले जोरविजोर नम्बर प्लेटका गाडी चलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले बिहीवारदेखि निजी सवारी साधन जोरबिजोर गरेर चलाउन दिइने निर्णय गरेको हो ।

‘निजी सवारी साधन जोर बिजोर गरेर चल्न दिने निर्णय भएको छ,’ स्रोतले भन्यो, ’ सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् ।’ जोरविजोर लागू भएपछि जोर गतेका दिन जोर नम्बर प्लेटका गाडी चलाउन मिल्नेछ भने विजोर गतेका दिन विजोर नम्बरका गाडी गुड्नेछन्।

काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

यससँगै पसलहरू पनि बिहीबार देखि नै खुल्न पाउने भएका छन् । सरकारले ११ चैतदेखि लागू गरेको लकडाउन पटक पटक थप्दै ३२ जेठसम्म कायम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width