एसइई नहुने, सबै पसल खोल्ने मन्त्रिपरिषद्को निर्णय

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
CKK-KTM-CabinetMeetingb

अन्ततः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नहुने भएको छ ।

मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले विद्यालयको आन्तरिक मूल्यांकन आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् ।

त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

यसैगरी भोलिदेखि नै आवश्यक सुरक्षा मापदण्ड अपनाएर सबै प्रकारका पसल खोल्ने समेत सरकारले निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width