भारतबाट फर्किदा नवलपरासीका एक युवकको बाटोमै मृत्यु

रामकुमार श्रेष्ठ
जेठ २८, २०७७
death1

नवलपरासी, २८ जेठ । भारतबाट घर फर्किदै गरेका पश्चिम नवलपरासी सुस्ताका एक पुरुषको सुनौली नाकामा मृत्यु भएको छ।

मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका सुस्ता गाउँपालिका (साविक कुडिया गाविस–७) का ३५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका ३ साथीसहित बसमार्फत आएका उनी मंगलबार बिहान ४ बजेतिर सुनौली आइपुगेका थिए । बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार सुनौली बजारमा बसेका उनले बिहान एक्कासी वान्ता गरेका थिए । वान्ता गरेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले पुष्टि गरे।

मुम्बईबाट पाल्पाका ३ साथीसहित बसमार्फत आएका उनी मंगलबार बिहान ४ बजेतिर सुनौली आइपुगेका थिए।

उनको शव भारतमै रहेको र स्वाब संकलन गरी भारत सरकारले नै पिसिआर परीक्षण गर्न थालेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

पाण्डेका अनुसार उनको रिपोर्टमा कोरोना संक्रमण देखिए उतै दाहसंस्कार गर्ने र नेगेटिभ आएमात्र घर पठाउने जनाइएको छ । उनीसँगै आएका पाल्पाका २ जना भने पाल्पातिर गइसकेको जानकारी पाएको पाण्डेले बताए।

सुस्ता गाउँपालिकामा अहिलेसम्म २१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width