जेनेभा स्वीट्जरल्याण्ड, २८ जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार ३४६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १४ हजार १५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १२ लाख १९ हजार ७२३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५२ हजार ८५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३८ हजार ५७३ जनाको मृत्यु भएको छ । युरोपमा २१ लाख २५ हजार २३० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार २०८ को मृत्यु भएको छ । एसियामा १४ लाख ३२ हजार ३२७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३६ हजार ४१५ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख ५ हजार ८८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ५६८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१