ट्याक्टरको ठक्करबाट बालकको मृत्युु

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
IMG_20200610_095055

तनहुँ, २८ जेठ । जिल्लाको ब्यासनगरपालिका–१२ स्थित छिर्कने भन्ने स्थानमा ट्याक्टरको ठक्करबाट एक बालको मृत्यु भएको छ।

बुधबार विहान ८.३५ वजेको समयमा छिर्कनेबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ त ४०२२ नम्बरको ट्याक्टर र सोही स्थानतर्फ जाँदै गरेको ग १८ प नम्बरको स्कुटर एक आपसमा ठोकिँदा स्कुटरमा सवार ५ वर्षीय मनिष सापकोटा गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका बालक सापकोटालाई उपचारकालागि दमौली स्थित रतनहरि मेमोरियल अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले वताए ।

स्कुटर चालक वर्ष–२८ का मिलन सापकोटा भने सामान्य घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक रेशमबहादुर रानाभाटले जानकारी दिए। घटनाको अनुसन्धान भैरहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width