Worldlink ads

कर्णालीमा टिपर खस्यो, २ को मृत्यु ६ बेपत्ता

एजेन्सी
जेठ २८, २०७७
Accident

कालिकोट, २८ जेठ । भारतबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु हुनका साथै ६ जना बेपत्ता भएका छन्।

बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।
सो दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता रहेका रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। ‘अहिलेसम्म २ जनाको शव निकालिएको छ, ६ जना अझै बेपत्ता छन् प्रहरी निरीक्षक जोशीले भने।

कर्णालीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार उक्त टिपरमा ३९ यात्रु रहेका थिए। अहिले घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads