बन्चरो प्रहारगरी छोराको हत्या

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
Corona-deaths-1200

बुटवल, २८ जेठ । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं १ कुचेरामा १७ वर्षीय एक किशोरको बन्चरो प्रहार गरी हत्या गरिएको छ ।

गएराति घरमा सुतिरहेको १७ वर्षीय छोरालाई आफ्नै बाबुले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए । गएराति करिव एक बजे आसपास सुति रहेको छोरा सुदीप कुमाललाई बावु रिमबहादुर कुमालले बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते सुदीपलाई उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बाबु रिमबहादुर कुमाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको एसपी थापाले बताए । स्थानीयका अनुसार मृतक सुदीप चैतको पहिलो साता भारतबाट फर्केका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width