म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

साधन राम्जाली
जेठ २८, २०७७
1479725130270_DS_MyagdiBeni_161121_beni-bazar

फाइल फाेटाे

म्याग्दी ,२८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –६ ,कोटगाउँमा मध्यरातमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । साविक पाखापानी गाविकस वडा नं ७ स्थित पहिरोमा पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र ४ बर्षिया नातिनि सिम्रन छन्त्यालको मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिए।

उनका अनुसार राती करिब १२ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ नै पुरिएको हो । गोठमा सुतिरहेका उनीहरु अचानक गोठ माथिबाट पहिरो आएपछि बाहिर निस्कन नसक्दा पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र सिम्रनको मृत फेला पारेका वडा अध्यक्ष शेरपुजाले बताए।

फाेटाेः वडा अध्यक्ष मनकुमार शेरपुजाबाट।

पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा रहेका अन्नपात, भाडाबर्तनलगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन। थप उद्दार र अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरिक्षक  ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width