रामकुमार श्रेष्ठ – नवलपरासी २८ जेठ । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गैडाकोट नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका १ जना गरी ३ जनामा बुधबार संक्रमण पुष्टि भएको हो।
नवलपुरमा बुधबार भेटिएको ३ जना सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैडकोट नगरपालिकाका २ जना र देवचुली नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेशन कक्षमा उपचारका लागि लगिदै छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा गैडाकोट १३ का २३ बर्षीय एक जना पुरुष र गैडाकोट १४ का २६ बर्षीय एक जना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा बुधबार नै देवचुली नगरपालिका ४ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार बुधबार देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् । त्यस्तै गैडाकोटमा संक्रमितका संख्या ४ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१