Worldlink ads

नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस पुष्टि

रामकुमार श्रेष्ठ
जेठ २८, २०७७
Blood sample tube positive with COVID-19

रामकुमार श्रेष्ठ – नवलपरासी २८ जेठ । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गैडाकोट नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका १ जना गरी ३ जनामा बुधबार संक्रमण पुष्टि भएको हो।

नवलपुरमा बुधबार भेटिएको ३ जना सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैडकोट नगरपालिकाका २ जना र देवचुली नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेशन कक्षमा उपचारका लागि लगिदै छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा गैडाकोट १३ का २३ बर्षीय एक जना पुरुष र गैडाकोट १४ का २६ बर्षीय एक जना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा बुधबार नै देवचुली नगरपालिका ४ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार बुधबार देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् । त्यस्तै गैडाकोटमा संक्रमितका संख्या ४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    • तनहुँमा निषेधाज्ञा बढाइयो

      रासस भाद्र ३१, २०७८
      दमौली । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा…
    • १ सय सुपरीवेक्षक खटिए

      आदर्श समाज सम्वाददाता भाद्र ३१, २०७८
      वालिङ । बुधबारबाट सुरु जनगणनाका लागि स्याङ्जामा १ सय जना सुपरीवेक्षक खटिएका छन् । जिल्लाका ११ पालिका मध्यनजर गर्दै जिल्ला…
    • संसदीय समितिले पाए सभापति : लामिछाने र थापालाई नयाँ जिम्मेवारी

      प्रकाश ढकाल भाद्र ३१, २०७८
      पोखरा । तत्कालीन सार्वजनिक लेखा समिति सभापति कुमार खड्का अहिले भौतिक पूर्वाधार विकास मन्त्रीमा कार्यरत छन् । राजनीतिक नयाँ समीकरणले…
    • गलेश्वर मन्दिरमा पित्तलको छाना

      साधन राम्जाली भाद्र ३०, २०७८
      म्याग्दी, ३० भदौ । म्याग्दीको प्र्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरको छाना पित्तलले छाएको छ । जिल्लाको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर…
    • मुख्यमन्त्री फर्किए बाल्यकालमा

      आदर्श समाज सम्वाददाता भाद्र ३०, २०७८
      पोखरा । बाल दिवस अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads