नवलपरासीमा थप १ जनामा संक्रमण, गण्डकीमा १४५ पुग्याे

पोखराबाट उपचारका लागि काठमाडौं पठाइएका व्यक्तिकाे सम्पर्कमा आएका सबै ३९ जनाको रिपोर्ट नेगेटिभ

रामकुमार श्रेष्ठ
जेठ २८, २०७७
covid 19 corona banner

पाेखरा, २८ जेठ। गण्डकी प्रदेशमा थप १ जनामा काेराना संक्रमण पुष्टि भएकाे छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ।

यो सहित नवलपुरमा संक्रमितको संख्या ३५ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४५ पुगेको छ। गत २२ गते स्वाब संकलन गरेर पठाइएको १७ जनाको पिसिआर रिपोर्ट ७ दिन पछि आज आएको हो । बाँकी १६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन्।

त्यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखराबाट उपचारका लागि काठमाडौं पठाइएका व्यक्तिकाे सम्पर्कमा आएका सबै ३९ जनाको काेरोना संक्रमण रिपोर्ट  नेगेटिभ आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width