सामुदायिक लायन्स अस्पताललाई प्रदेश मातहत ल्याउनेबारे कार्यदलले बुझायो प्रतिवेदन

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७७
जभबितज

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनमार्फत मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई प्रतिवेदन बुझाइँदै ।

पोखरा, २७ जेठ । गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमित (कोभिड–१९) का बिरामी बढ्न थालेपछि स्वास्थ्य निर्देशनालयले विभिन्न जिल्लाका अस्पतालको स्तरोन्नतिसँगै आइसोलेसन बेड थप्ने भएको छ ।

स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले नियमित भिडियो कन्फरेन्सअन्तर्गत मंगलबार साँझ सो जानकारी दिएका हुन् ।

उनका अनुसार कास्कीको लेखनाथस्थित सामुदायिक लायन्स अस्पताललाई प्रदेशको संक्रामक रोग अस्पतालरुपमा विकास गर्र्दै गण्डकी सरकारको स्वामित्वमा ल्याउन आवश्यक प्रक्रियाका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदन मंगलबार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमार्फत मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई बुझाइएको हो ।

जसमा प्रतिवेदन तयार कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सातौं तहका अधिकृत विशाल तिमिल्सिनासहित स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्मा र सामाजिक विकास मन्त्रालयका मे.रे सूपरभाइरज बुद्धिसागर अधिकारी छन् ।

यस्तै, सरकारतर्फबाट स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्मा, सामाजिक विकास मन्त्तालयका वरिठ स्वास्थ्य प्रशासक डा. रामबहादुर केसी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नवौं तहका अधिकृत कृष्णप्रसाद आचार्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सातौं तहका अधिकृत विशाल तिमिल्सिना थिए ।

उता, अस्पतालतर्फबाट लेखनाथ सामुदायिक लायन्स अस्पताल तर्फबाट अस्पताल अध्यक्ष रमानाथ पौडेल, अस्पतालमा नि. अध्यक्ष रामप्रसाद गुरुङ, उपाध्यक्ष दुर्गादत्त अधिकारी, सचिव कृष्णप्रसाद तिवारी, कोषाध्यक्ष चिरञ्जीवी तिवारी, पोखरा ३० का वडाध्यक्ष एवं अस्पतालका पदेनसदस्य श्रीराम पोख्रेल थिए ।
जसअन्तर्गत अब सम्झौताको चरणमा पुगेको र छिट्टै सो प्रक्रियामा पुगेर अस्पतालालाई कोरोना न्यूनीकरणका लागि संक्रामक रोग अस्पतालको रुपमा विकास गरिने डा. शर्माले विश्वास व्यक्त गरे ।

यस्तै प्रदेशका विभिन्न ११ वटै जिल्लाका विभिन्न अस्पतालको स्तरोन्नतिसहित आइसोलेसन बार्ड थप्ने विषयमा आवश्यक प्रक्रिया शुरु भएको छ ।

स्याङ्जामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि त्यहाँको भीरकोट–१, हेलुस्थित कालिका सामुदायिक अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा संचालन गर्नेसम्बन्धी सम्भाव्यता अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । सो अस्पतालमा हाल त्यहाँ ३० जना बिरामीको उपचार भइरहेको छ ।

स्याङ्जा जिल्ला अस्पतालको १० आइसोलेसन बेड क्षमता बढाएर ७५/८० बेड क्षमता बढाउनेबारेमा पनि छलफल भएको डा. शर्माले बताए ।

यस्तै, गल्याङस्थित अस्पताललाई समेत कोभिड अस्पतालको रुपमा विकास गरिने भएको छ । त्यहाँ कम्तीमा ५० बेड क्षमताको आइसोलेसन बार्ड बनाईबारेमा प्रयास जारी रहेको बताइएको छ ।

तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हाल २७ वटा आइसोलेसन बार्ड रहेकोमा २३ थप गरी ५० बेड बनाइएको छ । यस्तै सो अस्पतालमा अझै बढाएर कम्तीमा १ सय बेड क्षमताको बनाइने भएको छ ।

गण्डकीमा हालसम्म ६ हजार १ सय ६७ जनाको पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएकोमा १ हजार १ सय ३२ को नतिजा आउन बाँकी

नवलपुरको रजहरस्थित प्राकृतिक सामुदायिक चिकित्सालयको पनि क्षमता वृद्धि गरिने भएको छ ।

बागलुङस्थित बागलुङ अस्पताल र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा यसअघि नै घोषणा गरी कोरोना संक्रमित बिरामीको उपचार जारी छ । पर्वत, म्याग्दी, लमजुङ, गोरखा, मुस्ताङ र मनाङका जिल्ला अस्पतालको पनि स्तरोन्नति गरिँदै जाने बताइएको छ ।

गण्डकीमा हालसम्म ६ हजार १ सय ६७ जनाको पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएकोमा १ हजार १ सय ३२ को नतिजा आउन बाँकी छ । नतिजा सार्वजनिक भएकामध्ये १ सय ४४ मा संक्रमण भेटिएको छ । तीमध्ये १ मृत्यु र ३ निको भएका छन् । ४ हजार ८ सय ९१ जनामा नेगेटिभ अर्थात संक्रमण देखिएको छैन । यस्तै, ९ हजार ४ सय ९५ जनाको आरडीटी गरिएको छ ।

नेपालभर ४ हजार ८५ जना संक्रमित रहेकोमा ५ सय ४ निको र १५ को मृत्यु भएको छ । क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ छन् भने आइसोलेसनमा ३ हजार ४ सय ७ पुगेका छन् । यस्तै देशभर १ लाख ६ हजार ३ सय ३१ जनाको पीसीआर र १ लाख ६६ हजार १ सय ५८ मा आरडीटी भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width