४३ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७७
103069773_1162483950777621_8041485602561993197_n

पोखरा, २७ जेठ । नेपाल मुआथाई संघ कास्की शाखाले मंगलबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।

पछिल्लो समयमा पोखरामा बढेको रगत अभावको पुर्ति गर्नको लागि रक्तदान कार्यक्रमले सहयोग गरेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । कोरोना भाईरसले देशलाई कमजोर अवस्थामा लागिरहेको समयमा विभिन्न संघ सस्थाले पनि राम्रो काम गर्दै आएको उनले जनाए ।

कार्यक्रममा मोया थाइ संघ कास्कीका अध्यक्ष अब्राहम खान र प्रमुख प्रशिक्षक दिपक बहादुर गोदारले भनाइ राखेका थिए । पोखरा जिरोकिलोमीटरमा सप्पन्न भएको रक्तदान कार्यक्रममा खेलआवद्ध विभिन्न खेलाडी प्रशिक्षक तथा खेल प्रेमीहरुले रक्तदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width