प्रदेश प्रमुख शेरचनद्वारा बरालको स्वास्थ्य लाभको कामना

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७७
Gandaki Pradesh Pramukh Ramji Baral Bhet photo

पोखरा, २७ जेठ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत गण्डकी प्रदेशसभा सदस्य रामजी बराल “जीवन”को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रदेश प्रमुख शेरचनले पेटको शल्यक्रिया गरी उपचाररत प्रदेशसभा सदस्य बराललाई मंगलबार भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै, स्वास्थ्य लाभको कामना गरे । उपचारपछि प्रदेशसभा सदस्य बराल मंगलबार नै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसैबीच, प्रदेश प्रमुख शेरचनले सोही अवसरमा आफ्नो दन्त परीक्षण गराइ उपचार गराएका छन् । डा. पूर्णप्रसाद खनाल, डा. सुनिल पनेरू, सन्तोषी थापालगायतको टोलीले प्रदेश प्रमुख शेरचनको दाँतको आरसिटी गरेको हो । प्रदेश प्रमुख शेरचनले सो अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, डीन प्रा.डा. नरेन्द्रविक्रम गुरुङ र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यसँग उपचार र अस्पतालका बारेमा जानकारी लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width