काँग्रेस नेता खनालको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७७
bhimad

तनहुँ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चूडामणि खनालले भिमादस्थित जनज्योति मावि र जनज्योति क्याम्पसको क्वारेन्टाइनमा रहेका सर्वसाधारणका लागि खाद्य एवम् सुरक्षा सामग्री सहयोग गरेका छन् ।

भिमाद नगरपालिका र घिरिङ गाउपालिकाका ४४ जना रहेको क्वारेन्टिन स्थलमै पुगि नेता खनालले त्यहाँको व्यवस्थापनका सम्बन्धमा जानकारी लिदै बस्दै आएका सर्वसाधारणलाई मास्क, सेनिटाइजर, पञ्जा सहित खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

क्वारेन्टाइनमा मास्क, पञ्जा, सेनिटाइजर अभाव रहेको जानकारी पाएका कारण १ सय थान मास्क, १ सय मिलि स्यानिटाइजर ४० बोत्तल, ग्लोब्स २ सय थान, चार क्रेट अण्डा, चार कार्टुन चाउचाउ र आठ कार्टुन पानी लगायतका खाद्य सामाग्री नेता खनालले हस्तान्तरण गरे । ती सामग्री क्वारेन्टिनमा रहेकाका लागि मात्र रहेको हुँदा सहि सदुपयोग गर्न आग्रह गर्दै उनले आवश्यक परेमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भिमाद नगरपालिका उपप्रमुख शारदा खनालले यो सहयोगले नगरलाइ थप राहत पुगेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width