गण्डकीमा कोरोना संक्रमित १२० पुगे

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
15916176448467_154900-page-001

गण्डकी प्रदेशमा ५ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का हुन् ।

गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ३३ र ३९ का २ जना पुरुष तथा कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २१ र ४० का २ जना पुरुष र वर्ष ६३ की महिलामा कोरोना संक्रमणको पुष्टि भएको होे ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गरी उनीहरुमा कोरोना संक्रमण पुष्टि गरेको हो ।

संक्रमित सबैको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा उपचारार्थ लैजाने तयारी भैरहेको जनाइएको छ ।

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा वालिङका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति पोखरामा ज्यान गएको थियो । उनको शव व्यवस्थापन अझसम्म हुन सकेको छैन ।
सोमबार नै पोखराको क्वारेन्टाइनमा रहँदैआएका पर्वतका ४२ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width