क्वारेन्टिनका लागि होटल संघद्वारा ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
Lakeside Hotels

फाइल तस्बिर

पोखरा, २६ जेठ । विदेशबाट नेपाल फर्कने नागरिकहरुलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गंभीरता अपनाउनुपर्ने भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले सम्बन्धित पक्षको ध्यानाकार्षण गराएको छ ।

दुई दर्जन होटलको नाम सहित विभिन्न नौ बुँदामा समेटिएको ध्यानाकर्षण पत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीलाई सोमबार बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उक्त पत्रमा होटलमा पाहुना आगमन हुनु पूर्व स्वास्थ्य परीक्षण गर्नु पर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तीलाई मात्र होटलमा राख्ने व्यवस्था गरिनु पर्ने माग गरिएको छ । होटलमा रहने सम्पूर्ण व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गरिनु पर्ने उल्लेख गरिएको छ ।

होटलहरुको नामावली संघबाट प्रदान गरिएको भएता पनि आवश्यक मापदण्ड अपनाई वर्गिकरण गरी होटलहरुको छनौट गर्नु पर्नेछ पनि जनाइएको छ । यसैगरी क्वारेन्टिनमा प्रयोग हुने होटलहरुमा स्थानीय बसिन्दाबाट अवरोध आउन सक्ने हुँदा उक्त अवरोधलाई सौहार्दपूर्ण वातावरणमा सरकारद्वारा समाधान गरिनु पर्ने र स्थानीय स्तरमा फैलन सक्ने संक्रमणको जिम्मा सरकारले लिनुपर्ने विषय पनि समेटिएको छ ।

त्यस्तै धेरैजसो होटलहरु बन्द रहेका र कर्मचारीहरु पनि विदामा रहेको हुँदा पाहुना आउनु भन्दा कम्तीमा पनि ४ दिन अगावै संघमा अथवा होटल प्रतिष्ठानमा जानकारी गराई दिनु पर्ने तथा होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा अपनाउनुपर्ने कार्यविधिमा सुरक्षा, स्वास्थ्य लगायतको स्पष्टता र होटलका कर्मचारीहरुलाई तालिमको व्यवस्था गरिनुपर्ने माग पनि गरिएको छ ।

होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछी मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्ने साथै भुक्तानीको अवस्थाको बारेमा अग्रिम जानकारी हुनु पर्ने पनि संघले जनाएको छ । होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराईनु पर्ने र होटलमा रहने पाहुनाहरु अनुसाशित र सुरक्षित तवरमा रहनका लागि कोठा भन्दा बाहीर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनु पर्ने भन्दै संघले ध्यानाकर्षण गराएको छ ।

होटललाई क्वारेन्टिन बनाई सके पश्चात् होटललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पुर्ण रुपमा निर्मलिकरण गरी भविष्यमा सहज रुपले व्यवसाय संचालन गर्न स्वास्थ्य, महानगर वा पर्यटन विभागबाट निर्मलिकरणको प्रमाणिकरण स्टिकर टाँस गरिनु पर्ने माग पनि संघको छ । होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दा कोठा दर प्रति व्यक्तिका लागि दुई हजार रुपैयाँदेखि १२ हजार रुपैयाँ र दुई जनाका लागि तीन हजार देखि १४ हजार रुपैयाँ प्रस्तावित गरिएको छ ।

विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको संक्रमणका कारण हाल विदेशी मुलुक यूरोप, अष्ट्रेलिया, अमेरिका जापान, चीन मलेसिया, कोरिया, क्यानाडा, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्तिहरु आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेको भन्दै होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न लागिएको हो ।

प्रस्तावित होटलको नामावली

SN Name of Hotel Standard Total Rooms Total Beds Address
1 Hotel Barahi Pvt. Ltd. 4 Star 50 100 Lakeside
2 Hotel Swapnabagh 1 star 20 40 Lakeside
3 The Lakeside Retreat Tourist Standard 36 66 Lakeside
4 Hotel Landmark Tourist Standard 90 180 Lakeside
5 Water Front Resort Resort 58 116 Pokhara
6 Hotel City Park Tourist Standard 32 65 Lakeside
7 Teeka Resort Tourist Standard 50 100 Lakeside
8 Hotel Trekkers Inn Tourist Standard 25 40 Lakeside
9 Kuti Resort – 2 Tourist Standard 36 68 Lakeside
10 Atithi Resort Resort 49 98 Lakeside
11 Golden Gate Hotel Tourist Standard 40 70 Lakeside
12 Hotel Omega Tourist Standard 14 23 Lakeside
13 Hotel Mount Everest Tourist Standard 13 26 Fewamarga
14 Hotel Third Pole Tourist Standard 30 70 Lakeside
15 Hotel Royal Image Tourist Standard 23 44 Lakeside
16 Hotel City Inn Tourist Standard 32 65 Lakeside
17 Hotel Great Pokhara Tourist Standard 23 46 barahipath
18 Hotel Surya Tourist Standard 12 24 Fewamarga
19 Hotel Fishtail Inn Tourist Standard 15 25 Damside
20 Hotel Pokhara Batika Tourist Standard 37 60 Lakeside
21 Hotel Shaara By Idea Tourist Standard 60 120 Lakeside
22 Seven Lake Resort Resort 19 35 Bhandardhik
23 Hotel Delight Inn Tourist Standard 13 26 Lakeside
24 Hotel Raniban Arcade Tourist Standard 30 60 Lakeside
Total 807 1567

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width