लिग सुचारु पूर्व मैत्रीपूर्ण खेल खेल्दै इङ्लिस प्रिमियर क्लबहरु

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
Friendship Match, English Primiereship

पोखरा । इङ्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु सुचारु हुनुभन्दा पहिले प्रिमियर लिगका क्लबहरु मैत्रीपूर्ण खेलमा जुटेका छन् ।

आफ्नै घरेलु मैदानमा क्लबहरु टिम र पूरै समय मिलाएर मैत्रीपूर्ण खेलहरु खेलिरहेका छन् । हाललाई क्लबकै सदस्यबीच दुई टिम मिलाएर मैत्रपूर्ण खेल खेलिरहेको क्लबहरुले पछि अन्य प्रतिद्वन्द्वी क्लबसँग पनि मैत्रीपूर्ण खेलहरु खेल्नेछन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित इङ्लिस प्रिमियर लिग जुन १७ बाट सुचारु हुनुपूर्वको समयसम्म मैत्रीपूर्ण खेल खेल्नेछन् । स्वास्थ्य सुरक्षा दृष्टिले सबै उपाय वा सतर्कता अपनाएर क्लबहरुले मैत्रीपूर्ण खेल खेल्न पाउने प्रिमियर लिगले अनुमति दिएको हो ।

क्लबहरुले प्रिमियर लिगमा खेल्नुअघि अरु क्लबसँग मैत्रीपूर्ण खेलका लागि आग्रह गरेका थिए । जुन आग्रहलाई आयोजक प्रिमियर लिगले स्वीकार गरेको हो । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले गएको हप्ता नै इलाभेन ए साइड खेल नै खेलेको थियो । मैत्रीपूर्ण खेलहरु मैदानमा या त अभ्यास स्थलमा नै पनि गर्न सकिनेछ ।

मैत्रीपूर्ण खेलका लागि खेलाडीहरुको नियमित स्वास्थ्य परीक्षण भने आवश्यक छ । प्रिमियर लिगका खेलाडीहरु अभ्यासमा सामेल भएसँगै हप्तामा २ पटक कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमा १२ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

मैत्रीपूर्ण खेलका लागि खेलाडीहरु मैदानसम्म जाँदा आफ्नै सवारी साधनमा आफ्नो खेल सामग्रीसहित जानुपर्ने छ । उनीहरुले ९० मिनेटभन्दा लामो दुरी पार गरेर खेल्न जान पाउने छैनन् । अफिसियल रेफ्रि र लाइन्समेनको व्यवस्था हुने छैन । जुन प्रशिक्षण सदस्यहरुबाटै हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width