चितवन, २६ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई अनुदानमा स्थानीय कुखुराको चल्ला वितरण गर्ने भएको छ । त्यस क्षेत्रका पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई नयाँ स्वाद दिलाउने उद्देश्यले स्थानीयलाई चल्ला वितरण गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष गीता गुरुङले आइतबार एक साताको सूचना प्रकाशित गरी विपन्न परिवारलाई सम्पर्कमा आउन आह्वान गरिएको जानकारी दिइन । उनीहरुलाई स्थानीय जातको कुखुराको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइनेछ । स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला दिइने र क्षमता भएमा सङ्ख्या थप गर्न सकिने उहाँको भनाइ छ । के–कति निवेदन आउँछ त्यसका आधारमा वितरण थालिनेछ । उनले ३०० परिवारजतिलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताइन् । यसले स्थानीयको जीवनस्तर उकास्न र पर्यटकलाई नयाँ स्वाद दिन सकिने उनको भनाइ छ ।
इच्छाकामना मन्दिर, सिराइचुली, उपरदाङ्गढी, लामो झरना जान र घुम्न पर्यटक आउने गर्दछन् । त्यस क्षेत्रका बासिन्दा र होमस्टे भएका हात्तीवाङ, मायाटार, चोकडाङ, सराथोक, साथीमुढेलगायतका क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई चल्ला वितरणको प्राथमिकतामा राखिएको छ । पछिल्लो समय स्थानीय जातका कुखुराको माग बढ्दै गएको छ । गाउँ घुम्न जाने जो कोहीको इच्छा स्थानीय कुखुरा खाने हुने गर्दछ । गाउँपालिकाले थोरै लगानीमा विपन्नलाई सहयोग पु¥याउन कार्यक्रम प्रभावकारी हुने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१