अर्घाखाँचीमा ३५ संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
virus upward trend

बुटवल, २६ जेठ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका एक जनप्रतिनिधि  सहित थप २९ जना कोराना सक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका वाडनम्वर १ का एक जना,६ नम्बर वाडका १२ जना,७ नम्वरवाडका १६ जना,सितगगा नगरपालिका १ जना र पाणिनि गाउँपालिका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएको जानकारी दिईन ।

अर्घाखाँचीका यो सगै ३५ जनामा सक्रमण भएको छ । १ जना भारतबाट जिल्ला आउदै गर्दा मृत्यु भएको थियो । ४ जना सक्रमण सनपामा रहेको क्वारेन्टाइन रहेको र आज सक्रमण भएकालाई पनि सन्धिखर्कको क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।सनपा उपप्रमुखले आफु जनताको सेवामा जादा लागेको भन्दै बाकि समय पनि जनता लागि नै सदुप्रयोग गर्ने बताए। हाल भेटिएका सक्रमित सम्पर्क पहिचाहनमा रहेको जनाईएको छ । सबै जना क्वारेन्टाइन रहेका छन्

Related News

सम्बन्धित समाचार

hero news full width