बालश्रम न्यूनीकरण कार्यक्रमबाट विपन्नलाई राहत

रासस
जेठ २६, २०७७

चिप्लेढुङ्गा, २६ जेठ । बन्दाबन्दीले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा–९ प्रदर्शनी केन्द्र, लेकसाइड र बिरौटामा लक्षित विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक तथा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।

उनका अनुसार दाल, नुन, तेल, आलु, चिनी, चियापत्ती, साबुन, सेनेटेरी प्याड र मास्क समावेश गरी सम्बन्धित वडाध्यक्षको रोहबरमा राहत बाँडिएको थियो । बन्दाबन्दीले मजदूर र न्यून आय भएकाहरुको रोजीरोटी गुमेपछि किडासाको सहयोगमा राहत कार्यक्रम ल्याइएको बालश्रम न्यूनीकरण कार्यक्रमका अधिकृत प्रीति पाण्डेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width