कोरोनाविरुद्ध लड्न गण्डकी सरकारबाट ११ जिल्लालाई ८० लाख

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७
gandaki-pradesh-goverment-sarkar-mukhya-mantri-chief-minister

गण्डकी प्रदेश सरकारले प्रदेशका सबै ११ जिल्लालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गण्डकी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णय भिडियो सन्देशमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले कोरोना भाइरसविरुद्ध आवश्यक व्यवस्थापनका लागि प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी प्रदान गर्दै ८० लाख दिने निर्णय गरिएको जनाए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार कार्यालयबाट प्रदान गरिने सेवासुविधाका लागि अब एक जिल्लाबाट अर्को जिल्लामा जानु नपर्ने निर्णय समेत गरेको छ । भौतिक पूर्वाधारका सम्बन्धमा सङ्घीयतापछि गण्डकी प्रदेशमा सेवासुविधाबाट वञ्चित हुनु परेको अवस्थालाई ध्यान दिँदै भौतिक पूर्वाधार विकास मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्र अब गण्डकी क्षयरोग केन्द्र पोखरा

भौतिक पूर्वाधार कार्यालयलाई ३३ बाट ३५ कार्यालय बनाएर सेवा प्रवाह गर्ने र आगामी आवदेखि लागू गर्ने निर्णय गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रलाई प्रदेशको मातहतमा ल्याई गण्डकी क्षयरोग केन्द्र पोखरा नामकरण गर्ने निर्णय भएको छ । अब केन्द्रको सम्पूर्ण सम्पत्ति प्रदेश मातहतमा हुनेछ ।
उता, तनहुँको भानु नगरपालिकाको केन्द्र परिवर्तनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

मुग्लिनमा नयाँ स्थापना हुने प्रहरी पोष्टको भौतिक पूर्वाधार विकास गर्नका लागि १४ लाख ९१ हजार रकम विनियोजन गर्ने निर्णय भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width