विपन्न परिवारलाई राहत

Avatar आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७

पोखरा, २५ जेठ । पोखरा–नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा–१६ दीपका विभिन्न टोलमा राहत बाडिएको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई राहत वितरण गरिएको हो । दीप क्षेत्रका ३३ परिवारका लागि राहत वितरण गरिएको थियो । त्यस क्षेत्रको पुरानो क्याम्पमा १० वटा परिवारका लागि १५ तथा २० किलो प्याकेज, अमरदीपमा १, केआइसिंह पुलमा १, माथिल्लो दीपमा ३, तल्लो दीपमा १६ तथा अर्चलबोटमा २ गरी ३३ परिवारका लागि राहत वितरण गरिएको हो । कार्यक्रमका संयोजक गायक भाइ गुरुङ्गले उनीहरुको घरमा चुल्हो बलोस भनेर नै पोखरा नेपाल युके फाउण्डेशन राहत वितरण गरेको बताए ।