जीपी कोइराला फाउण्डेशनद्वारा प्रेस युनियनलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७
GP photo

पोखरा, २५ जेठ । जीपी कोइराला फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई शनिवार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।बढ्दो कोरोना संक्रमणकाबीचमा नागरिकलाई सूसुचित गराउन सक्रिय संचारकर्मीको स्वास्थ्य सुरक्षाका लागि ती सामग्री प्रदान गरिएको हो ।

फाउण्डेशनले गरेको कार्यक्रममा प्रतिष्ठानकी गण्डकी प्रदेश संयोजक शारदा पौडेलले प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई मास्क, ग्लब्स र सेनिटाइजर हस्तान्तरण गरेकी थिइन् ।कार्यक्रममा संविधानसभा सदस्य समेत रहेकी संयोजक पौडेलले मुलुकलाई सही ढंगबाट अघि बढाउन पत्रकारिता शशक्त हुनुपर्ने बताइन् । उनले स्वास्थ्य नै धन भएको भन्दै हरेक व्यत्ति, परिवार र समाजले सावधानी र सतर्कता अपाउनुपर्ने उल्लेख गरिन् ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले प्राप्त सामग्री क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराइने बताए ।त्यस अवसरमा प्रतिष्ठान गण्डकी सहसंयोजक राजेन्द्रनिधि कोइराला, क्षेत्र नं ३ संयोजक उमेशराज पराजुली, कास्की सचिव मोतिराज तिमिल्सिनाले बोलेका थिए ।कार्यक्रम जीपी कोइराला फाउण्डेशन कास्की संयोजक यादवराज अधिकारीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width